स्काभेटर दुर्घटनामा घाइते भएका चालककाे हेलिकप्टरबाट उद्धार

स्काभेटर दुर्घटनामा घाइते भएका चालककाे हेलिकप्टरबाट उद्धार

केन्द्रबिन्दु
126
Shares

खलङ्गा (दार्चुला) । दार्चुला सदरमुकाम खलङ्गा जोड्ने महाकाली लोकमार्गअन्तर्गत महाकाली नगरपालिका–५ मा स्काभेटर दुर्घटनामा परी घाइते भएका चालक रेशम बुढामगरको नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको छ ।

चालक बुढामगरलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि कैलालीको धनगढी लगिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । उनको खुट्टा, छाती र टाउकोमा गम्भीर चोट रहेको जिल्ला अस्पतालले जनाएको छ ।

सडक विस्तार गर्ने क्रममा सुक्खा पहिरो खस्दा चालक बुढामगर घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी लगिएको हो ।

Skip This
Skip This
Logo