काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको शुक्रबारको थुनछेक बहस सकिएको छ ।
जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा आज जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी लामिछानेको तर्फबाट २ जना वकिलले बहस गरेका छन् । जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतम र प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापाले बहस गरेका हुन् ।
तर, बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर प्रतिवादी लामिछानेलाई परिवारको जिम्मा लगाउने आदेश भएको छ । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले आइतबार बहस गर्नेछन् ।































प्रतिक्रिया