मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ‘प्याकेज’मा कार्यक्रम ल्याइने

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ‘प्याकेज’मा कार्यक्रम ल्याइने

केन्द्रबिन्दु
24
Shares

चितवन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सरकारले ‘प्याकेज’मा कार्यक्रम ल्याउने बताएका छन् ।

टिकौली मध्यवर्ती सामुदायिक वनको आठौँ साधारणसभालाई आज सम्बोधन गर्दै मन्त्री शाहीले समस्या समाधान गर्न विशेष प्याकेज र समस्या समाधानका लागि समिति बनाउने तयारी मन्त्रालयले गरेको बताएका हुन् ।

उनले भने, “मध्यवर्ती क्षेत्रको समस्या समाधानका लागि कार्यदल बनाएर काम भइरहेको छ ।”

वन्यजन्तु विभाग तथा वन ऐनको नियमावली संशोधनका लागि सरकारले काम गरिरहेको उनले बताए । नेपालको वन र पर्यटन एकआपसमा जोडिएको बताउँदै उनले यसमा देखिएका समस्या समाधानका लागि सरकार लागिपरेको बताए । उनले भने, “पर्यटन र वन एकापसमा जोडिएको छ । निकुञ्जसँगको समस्या समाधानका लागि ऐन संशोधनको तयारी हुँदैछ ।”

Logo