काठमाडौं । भृकुटीमण्डपमा जारी ‘मेक इन नेपाल एक्स्पो–२०८१’ तथा ‘नेपाल पश्मिना इन्टरनेशनल एक्स्पो–२०२५’ को आज अन्तिम दिन हो ।
नेपाल पश्मिना उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघको सहकार्यमा एवम् राइजिङ्ग नेपाल प्रा.लि.को व्यवस्थापनमा बिहीबारबाट जारी यस मेलामा अवलोकनकर्ताको भीड लागेको छ । १५० भन्दा बढी स्वदेशी स्टलहरू रहेको यस मेलामा ४० भन्दा बढी शुद्ध नेपाली पश्मिनाका स्टलहरू रहेका छन् ।
मेक इन नेपाल एक्स्पोले नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ भने नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पोले नेपालमा उत्पादित उत्कृष्ट पश्मिना सामग्रीहरूलाई प्रस्तुत गर्दै यस क्षेत्रको मौलिकता, गुणस्तर र अन्तर्राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ । प्रदर्शनीमा नेपालका व्यवसायी, उद्यमी, निर्यातकर्ता, तथा नीति निर्माताको पनि सहभागिता रहेको छ ।
५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखेको यस मेलामा अवलोकनर्ताहरुको लागि प्रवेश निःशुल्क रहेको नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए ।





























प्रतिक्रिया