सरकारद्वारा उखुको खरिद मूल्य निर्धारण

सरकारद्वारा उखुको खरिद मूल्य निर्धारण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ । आर्थिक वर्ष २०७५ / ७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ५३६.५६ निर्धारण गरेको हो ।

पुस १३ गते शुक्रबार र पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू बिहीबार सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन् ।

उखु उत्पादक कृषकले सिधै भुक्तानी पाउने गरी ‘उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि, २०७५’ बमोजिम प्रति क्विन्टल ६५.२८ अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रकम निकासा दिनेछ । चिनी मिलहरूले सम्बन्धित उखु कृषकहरूलाई प्रति क्विन्टल ४७१.२८ मा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्नेछ ।

Logo