हुँदै गरेको विवाह प्रहरीले रोक्यो

हुँदै गरेको विवाह प्रहरीले रोक्यो

केन्द्रबिन्दु
0
Shares

सुर्खेत

बराहताल गाउँपालिका–९ स्थित थारीगाउँकी रत्नकला मर्याङ्गीको घरमा छोराको विवाहको तयारी धुमधामका साथ चलिरहेको थियो । निम्त्याइएका आफन्त, इष्टमित्र र छरछिमेकीहरुले घर आँगन ढाकिएको थियो । ध्वजापताकाले घर सजाइएको थियो । विहेमा आएकाहरु नाचगान र खानपिनमा व्यस्त थिए । भोजका लागि खसी काटेर भतेरको तयारी गरिँदै थियो । घर नजिकैको आँगनमा विवाहका लागि मण्डप पनि तयारी अवस्थामा थियो ।

बेलुका साढे पाँच बजे विहेको साइत अगाडी नै विहीबार प्रहरी निरीक्षक निरन्जन घिमिरेको टोली विवाहस्थल पुग्यो । प्रहरी देख्ने वित्तिकै आफन्तले १३ वर्षकी दुलही र १६ वर्षका दुलाहालाई लुकाए । दिउँसो साढे तीन बजे पुगेको प्रहरीलाई विहे रोक्नका लागि थप चार घण्टा समय लाग्यो । विवाद र छलफलपछि आफन्तहरु विवाह हुन लागेको जोडीलाई छलफलमा ल्याउन राजी भए ।

प्रहरीले विवाह हुनलागेका बालबालिकाका साथै स्थानीय जनप्रतिनिधि, आमा समूह, महिला सञ्जालका प्रतिनिधि र आफन्तलाई राखेर छलफल चलायो । ‘कलिलो उमेरमै बालविवाह गर्दा हुने बेफाइदा, कानुनी कारबाही लगायतका विषयमा लामो छलफल भयो’ प्रहरी निरीक्षक घिमिरेले भने, ‘अन्तमा दुबै पक्षका आफन्तले बालिका र बालकलाई आ–आफ्नो जिम्मा लगेर जान राजी हुनुभयो।’
नागरिकबाट

Logo