आजको मौसम: हिमाली क्षेत्रमा आंंशिक बदली रहने, तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो

आजको मौसम: हिमाली क्षेत्रमा आंंशिक बदली रहने, तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मौसममा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

जसका कारण आज बिहान कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको र कोशी प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बागमती ,गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ ।  यसैगरी सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा मौसम सफा रहने सम्भावना रहेको छ ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

Logo