प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति?

प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति?

केन्द्रबिन्दु
147
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेर १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको हो ।

शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo