काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको चेम्बर पनि खोसिएको छ । सर्वोच्च अदालत प्रशासनले उनी बस्दैं आएको चेम्बर खोसेको हो । उनको ठाउँमा दीपककुमार कार्कीलाई स्थान्तरण गरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निर्देशनमा उनको १ नम्बर इजलाशको चेम्बर खोसिएको हो । उनलाई सर्वोच्चकै कुनामा रहेको एउटा कोठा उपलब्ध गराइएको छ ।
बुधबार नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जोशीलाई राजीनामा दिन सुझाएका थिए । राणाले जोशीको ईजलास पनि तोकेका थिएनन् ।
जोशी यसअघि वरिष्ठतम् न्यायाधीशका रुपमा १ नम्बरको इजलाश र चेम्बरमा बदै आएका थिए । चेम्बर खोसिएपछि उनी बिहान सर्वोच्च अदालतमा पुगी हाजिर गरी घर फर्किएका छन् ।





























प्रतिक्रिया