महिला यात्रुमाथि भएकाे दुर्व्यवहार घटनामा इन्ड्राइभले माग्याे माफी

महिला यात्रुमाथि भएकाे दुर्व्यवहार घटनामा इन्ड्राइभले माग्याे माफी

केन्द्रबिन्दु
54
Shares

काठमाडाैं । राइड सेयरिङ सेवा प्रदायक कम्पनी इन्ड्राइभले आफ्ना सेवाग्राहीले भोग्नुपरेको दु:खद् घटनाप्रति खेद व्यक्त गर्दै क्षमा मागेको छ ।

कम्पनीका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले हालै भएको एक घटनाको बारेमा प्रतिकृया दिँदै त्यस्ता गतिबिधिहरुको कडा निन्दा गरेका हुन्। साथै आफ्ना सेवाग्राहीहरु माथि हुने कुनैपनि दूर्व्यवहार प्रति शुन्य सहनशिलता अपनाइने उल्लेख गरेका छन्

उनले भने, “इन्ड्राइभले आफ्ना सेवाग्राहीहरुमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानूनी कार्य, दूर्व्यवहारपूर्ण वा गैरकानूनी कार्य तथा आचरणलाई कडा रूपमा अस्वीकार गर्दछ साथै यस्ता कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति कायम राख्छ र यस्तो व्यवहारको कडा निन्दा गर्दछ। हामीले हाम्रा सेवाग्राहीको सुरक्षा र सन्तुष्टि, विशेषगरी महिलाहरूको सुरक्षा र उनीहरूको अनुभवलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएका छौं। हालै हामी हाम्रा सेवाग्राहीले भोग्नुपरेको दुःखद घटनाप्रति हामी खेद व्यक्त गर्दछौं र क्षमाप्रार्थी छौँ।”

इन्ड्राइभ एक जिम्मेवार र आफ्नो सेवाग्राहीहरुलाई अग्रस्थानमा राख्ने कम्पनी भएको भन्दै उनले सो घटनामा सम्बद्ध महिलाको निष्पक्ष न्याय सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग पूर्णरूपमा सहकार्य गरिरहेको जानकारी दिएका छन्।

“हामी यस विषयमा सम्बन्धित अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेका छौं। हाम्रा सेवाग्राहीहरुको विश्वास हाम्रो मुख्य मान्यता हो र हामी हाम्रो सेवामा निरन्तर सुधार गर्न प्रतिवद्ध छौँ किनकि विश्वव्यापी रूपमा इनड्राइभको लागि सेवाग्राहीहरुको विश्वास एक प्रमुख मूल्य हो,” उनले भनेका छन्।

कम्पनीले प्रयोगकर्ताहरूलाई विभिन्न सुरक्षा सुविधाहरू प्रदान गरिरहेकाे पनि उनले बताएका छन् । यसमा तुरुन्तै सहयोगको लागि सपोर्टमा टिम सम्पर्क गर्न, प्रहरी वा एम्बुलेन्सलाई सम्पर्क गर्न सहयोग पुर्याउने सेफ्टी बटन रहेको छ।

२ माघमा चितवनबाट काठमाडौं फर्किने क्रममा एक महिलाले इनड्राइभमार्फत सिटी टु सिटी राइड बुक गरेकी थिइन् । बुकिङपछि चालकले सम्पर्क गरी मूल्य निर्धारण गरेका थिए । तर, चालकले ह्वाट्सएपमा मेसेज पठाउँदै “बाटोमा एक घण्टा बसौं, बरु म पैसा लिन्न” भन्दै अनुचित सम्बन्धको प्रस्ताव राखेका थिए । पीडित महिलाले भोलिपल्ट जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरी ८ माघमा चितवनका २५ वर्षीय प्रविण बराललाई नियन्त्रणमा लिएको थियो । अहिले आरोपी बरालमाथि अनुसन्धान जारी छ ।

Skip This
Skip This
Logo