काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात् जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको कालिम्पोङमा सांगीतिक प्रस्तुती दिने भएकाे छ ।
कालिम्पोङ नगरपालिकाको आयोजनामा मेला ग्राउण्डमा जनवरी २८ देखि ३० सम्म ३ दिन चल्ने ‘कालिम्पोङ म्युनिसिपैलिटी फेस्ट २०२५’ नाम दिइएको उक्त मेलामा २९ तारिखमा नेपालको चर्चित गायकको टिमको भब्य प्रस्तुती दिन लागेको हो । झन्डै तीन दशकदेखि नेपाली संगीतमा योगदान दिँदै नेपाली पप संगीतमा विशिष्ट पहिचान बनाउन सफल गायक बज्राचार्यको पछिल्लो बहुचर्चित गीत ‘मनमगन’ पछि झनै उनी देश विदेशका धेरै सांगीतिक कन्सर्टहरुमा व्यस्त छन् ।
नेपाली कला, संगीत संस्कृतीको प्रवर्धनलाई सदैव लागिपरेका उनले कार्यक्रममा नेवारी धिमे बाजा, जात्रा, धिमे बोल, कुमारी, लाखे नाचका साथै अन्य मौलिक, परम्परागत संस्कृति झल्कने छलिया नाच, झाँक्री नाच पनि समावेश गर्दै नेपाली संगीतको साथमा कला र संस्कृतीलाइ पनि त्यतिकै अन्तर्राष्ट्रियकरण गरिरहेका हुन्छन् ।





























प्रतिक्रिया