काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो।
योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।





























प्रतिक्रिया