मुगु । एक महिलाले पतिको १३ दिने काजक्रिया गरेर आत्महत्या गरेकी छन् । छायाँनाथ रारा नगरपालिका–७ टोप्ला गाउँका २९ वर्षीय नवराज शाहीकी पत्नी लालुमायाले १३ दिने काजक्रिया गरेर आत्महत्या गरेकी हुन् ।
नवराजको गत पुस ७ गते सोरु गाउँपालिकाको तातोपानीबाट आउँदै गर्दा भे ८ प ७०७८ नम्बरको पल्सर मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको थियो । श्रीमानको १३ दिने काजक्रिया सकेर ३० वर्षीया लालुमायाले गाईगोठमा दोपट्टा कसेर आत्महत्या गरेकी हुन् ।
लामो समयदेखि प्रेममा परेपछि लालुमाया केही हप्ताअघि मात्रै परिवारको इच्छा विपरित नवराजको घरमा श्रीमतिकै रुपमा बस्न थालेकी थिइन् ।
सोरु गाँउपालिका जिमा गाउँको कर्णाली नदी किनारमा रहेको तातोपानी कुण्डमा नुहाउन आफन्तलाई पुर्याएर बिहीबार घर फर्कँदै गर्दा साँझ ५ बजे फूली गाउँस्थित गमगढी धौकोट धुलाचौर सडककोे भिरमा मोटरसाईकल दुर्घटनामा परी नवराजको मृत्यु भएको थियो ।





























प्रतिक्रिया