काठमाडौं । आज नेपाली आकाशमा ६ वटा ग्रह नांगो आँखाले नै देख्न सकिनेछ ।
कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार प्रकाशमा कुनै प्रकारको प्रदूषण नभए सोमबार साँझ नांगो आँखाले ती ग्रहहरूलाई काठमाडौंबाट नियाल्न सकिनेछ ।
चारवटा चम्किला ग्रह सूर्यको प्रकाशको परिवर्तनले गर्दा शुक्र, मंगल, बृहस्पति र शनि ग्रह तथा दुईवटा मधुरा ग्रह अरुण र वरुण एकसाथ अवलोकन गर्न सकिनेछ ।
उत्तरी गोलार्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिनेछ । माघ दोस्रोदेखि चौथो साताको समयमा शनि, शुक्र, बृहस्पति र मंगल ग्रहलाई लामबद्ध भएर एउटै पंक्तिमा आकाशमा नृत्य गरिरहेको प्रतीत हुन्छ ।
बैज्ञानिकहरुका अनुसार यसले मानवीय स्वास्थ्यमा कुनै असर गर्दैन।





























प्रतिक्रिया