पोखराबाट ‘जंड्याहा’ ट्याक्सी चालक पक्राउ

पोखराबाट ‘जंड्याहा’ ट्याक्सी चालक पक्राउ

केन्द्रबिन्दु
204
Shares

पोखरा । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पोखराबाट एक जना ट्याक्सी चालक पक्राउ परेका छन् ।

पोखरा–बागलुङ राजमार्गको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जास्थित बास्कोटाचोकबाट आइतबार दिउँसो ‘जंड्याहा’ ट्याक्सी चालक पक्रउ परेका हुन्।

‘हेम्जाको बासकोटा चोकमा ट्राफिक चेकजाँचको क्रममा घान्द्रुकबाट पोखरातर्फ आउदै गरेको ग१ज ५१५८ नम्बरको ट्याक्सी चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएको फेला पारी नियन्त्रणमा लिईएको” जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । तर पक्राउ परेका ‘जंड्याहा’ ट्याक्सी चालकको नाम भने ट्राफिक प्रहरीले खुलाएको छैन।

तर पक्राउ परेका ‘जंड्याहा’ ट्याक्सी चालक”लाई आबश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बगरमा पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Skip This
Skip This
Logo