पूर्वाधार विकास समितिको बैठक बस्दै, उर्जामन्त्री खड्काकाबिरुद्ध परेका उजुरीबारे छलफल हुने

पूर्वाधार विकास समितिको बैठक बस्दै, उर्जामन्त्री खड्काकाबिरुद्ध परेका उजुरीबारे छलफल हुने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाअन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ ।

बैठक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बिहान साढे ११ बजे बस्दैछ । बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुँदैछ।

ऊर्जामन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा सेटिङ गरी प्रतिस्पर्धालाई सीमित बनाएको र सरकारी स्वामित्वका संखुवासभाको किमाथांका अरुण र मुगु कर्णाली आयोजना ब्यापारी विनोद चौधरी र उमेश श्रेष्ठलाई सिंत्तैमा दिन खोजेको बिषयमा परेका उजुरीमाथि छलफल हुने भएको छ ।

जगदुल्लामा मन्त्री खड्काले नै ठेकेदारहरुलाई चेक बाँडेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेकोले रद्द भई पुनः टेण्डर भइसकेको छ । किमाथांका अरुण र मुगु कर्णाली पनि ब्यापारीलाई सुम्पने निर्णयबाट ऊर्जा मन्त्रालयपछि हटिसकेको छ ।

Skip This
Skip This
Logo