काठमाडौं । चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्स (जीडब्लुएम)ले लक्जरी सेग्मेन्टमा ‘कन्फिडेन्स अटो’ ब्रान्ड बजारमा ल्याउने भएको छ । जसका लागि कम्पनीले सन् २०२२ मै ब्रान्ड दर्ता गरिसकेको छ ।
जीडब्लुएमले ल्याउने सो नयाँ लक्जरी ब्रान्डमा हाईब्रिड र इलेक्ट्रिक दुबै मोडल उत्पादन गर्ने तयारी छ । यसको पहिलो मोडल यसै वर्षको मे महिनातिर लन्च हुने आँकलन गरिएको छ । यस नयाँ ब्रान्डमा जीडब्लुएमले सुपर कार र सेडान भर्सन लन्च गर्न लागेको हो ।
सो नयाँ ब्रान्डले उत्पादन गर्ने कारको शुरुवाती मुल्य नै १ लाख ४० हजार डलर हाराहारी पर्ने अनुमान गरिएको छ । यसले बजारमा बीवाईडी याङवाङसँग प्रतिस्पर्धा गर्ने चर्चा छ ।





























प्रतिक्रिया