हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि

हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपालमा हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सन् २०१८ को १० महिनामा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ ५८ लाख ४३ हजार हवाई यात्रु पुगेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सव कार्यक्रममा महानिर्देशक सञ्जीव गौतमले हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको जानकारी दिए ।

गौतमका अनुसार आन्तरिकतर्फ २३ लाख ८ सय ५५ हवाई यात्रुले सेवा लिएका छन् भने अन्तर्राष्ट्रियतर्फ ३५ लाख ४२ हजार ५ सय ७८ हवाई यात्रुको संख्या पुगेको छ । जसमा गत वर्षभन्दा आन्तरिकतर्फ १५.४५ प्रतिशतले वृद्धि भएको छ । भने अन्तर्राष्ट्रियतर्फ १३.८५ प्रतिशतले बढेका छन् ।

सन् २०१८ मा गतवर्ष भन्दा आन्तरिक वायुयान आगमनतर्फ २.७३ प्रतिशतले वृद्धि भएको छ भने अन्तर्राष्ट्रियतर्फ २.२० प्रतिशतले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय कार्गो ढुवानीतर्फ ७.७५ प्रतिशत र आन्तरिक कार्गो ढुवानीतर्फ ९.१२ प्रतिशतले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का अनुसार सन् २०१८ मा यस क्षेत्रको वृद्धिदर ७.२ प्रतिशत छ ।
कारोबारबाट

Logo