मोबाइल स्वीच अफ गरेर अनशनका लागि केसी इलाममा

मोबाइल स्वीच अफ गरेर अनशनका लागि केसी इलाममा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने लगायतका माग राखेका डा. गोविन्द केसीले इलामबाट अनशन सुरु गर्ने भएका छन् । सोहौं पटकको अनशनका लागि उनी मंगलबार बिहान सुटुक्क इलाम पुगेका हुन् ।

डा. अभिषेक राज सिंहले ट्विट गर्दै यसपटकको लडाईं इलामबाट लड्ने जनाएका छन् । ट्वीटमा उनले लेखेका छन्, ‘आशा छ, सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुनेछ ।’

१५ औं सत्याग्रहका बेला गत साउन १० गते सरकार र डा. केसीबीच सम्झौता भएको थियो । चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने क्रममा विगतमा गरिएका सम्झौता उल्लंघन गर्ने चलखेल भए कुनै पनि बेला अनशन बस्ने चेतावनी यस अघि दिएका थिए ।

डा केसीले संसदको शिक्षा तथा स्वास्थ्य समितिका तर्फबाट विधेयकलाई अघि बढाउन केही दिन लाग्ने भएकाले यस अघि घोषित अनशनलाई दुई सातापछि सारेर १७ गतेसम्मको अल्टिमेटम दिएका थिए । मोबाइल स्वीच अफ गरेका उनले आफ्नो अनशनको बारेमा केही बताएका छैनन् ।
अन्नपूर्ण

Skip This
Skip This
Logo