अदालतको आदेशपछि वैदेशिक अनुदान रोक्ने ट्रम्पको निर्णयमा ब्रेक

अदालतको आदेशपछि वैदेशिक अनुदान रोक्ने ट्रम्पको निर्णयमा ब्रेक

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । अदालतको आदेशका कारण वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णयबाट अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेका छन् ।


सपथ ग्रहण समारोहमा निकै उत्हासित र ‘एग्रेसिभ’ देखिएका राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।
निर्णय कार्यान्वयनका सबै देशहरुमा लागि पत्राचार समेत गरिएको थियो ।


यो निर्णयले अमेरिकी सरकारको सहायतामा भर परेका लाखौं व्यक्तिहरुमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएको थियो ।


ट्रम्पको निर्णयले विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन्द हुने र ती क्षेत्रमा संलग्न व्यक्तिहरुको रोजगारी पनि संकटमा पर्ने चिन्ता व्यक्त हुँदै आएको थियो ।

Logo