संसदमा आफ्‌नो साझा धारणा बनाउन सिंहदरबारमा विपक्षी दलका शीर्ष नेताहरूको बैठक

संसदमा आफ्‌नो साझा धारणा बनाउन सिंहदरबारमा विपक्षी दलका शीर्ष नेताहरूको बैठक

केन्द्रबिन्दु
69
Shares


काठमाडौं । शुक्रबारबाट सञ्चालन हुने संसदको हिउँदे अधिवेशनमा आफू कस्तो भूमिकामा प्रस्तुत हुने विषयमा साझा धारणा बनाउन सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसिरहेको छ ।


बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल सहभागी छन् ।


मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार बनेपछि संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले पनि साझा धारणा बनाउन छलफलमा जुटेका छन् ।


बैठकमा नेताहरु वेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले र सन्तोष परियार लगायतको उपस्थिति रहेको छ ।

Skip This
Skip This
Logo