नयाँपानीमा १३ वर्षपछि पलायो पानी

नयाँपानीमा १३ वर्षपछि पलायो पानी

केन्द्रबिन्दु
15
Shares

सिन्धुपाल्चोक । जिल्लाकाे इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँपानीमा तेह्र वर्षपछि पानी पलाएको छ ।

यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिलामा यस वर्ष यहाँ पानी पलाएको हो । अघिल्लो वर्ष पानी पलाउनु पर्ने भएपनि नपलाएपछि नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो । क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधबार पानी पलाएको सो वडाका वडाअध्यक्ष शशिनाथ आचार्यले बताए ।

पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन् । यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ । नयाँपानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ ।

२०६८ मा पानी पलाउँदा यो क्षेत्रमा भागवत लगाइएको थियो ।  यो वर्ष कार्तिक मंसिरमा पलाउनुपर्ने भन्दै स्थानीयले दैनिक निगरानी राख्दै आएकोमा बुधबार पानी देखेपछि स्थानिय उत्साहित छन् । परापूर्व कालदेखि हरेक १२ वर्षको अन्तरालमा हिउँदको समयमा पानीको मुल पलाएर वर्षायाममा सुक्ने र त्यसको १२ वर्षपछि हिउँदे याममा पानीको मुल पलाउने यहाँको अद्भुत बिशेषता रहेको छ ।

Logo