काठमाडौं । नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले सरकारले अध्यादेशमार्फत नेपालमा भएको भ्रष्टाचार कालोबजारी ऐनलाई तोडमाेड गरेको बताएका छन् ।
बिहीबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले २० प्रतिशत भन्दा बढि नाफा लिन नपाउने ऐनलाई लागू नगर्ने भन्ने नीति ल्याएर जनतालाई दुःख दिने काम गरेको बताए ।
उनले भने, ‘अहिले अध्यादेशको मार्फत देश लुट्ने काम जुन भएको छ । यसको विरुद्धमा कसरी जान सकिन्छ भन्ने कुरामा पनि पार्टीले सोच पुर्याइरहेको छ । हेर्दा अध्यादेश जस्तो देखिन्छ तर यसले के गर्यो भन्दा यसले हाम्रो नेपालमा भएको भ्रष्टाचार कालो बजारी ऐनलाई तोडमरोड गर्यो, २० प्रतिशत भन्दा बढि नाफा लिन नपाउने ऐन थियो त्यो ऐन लागू नगर्ने भन्ने नीति ल्याउने वित्तिकै सिमेन्टको बजारमा ५ सय रुपैयाँ बोराको सिमेन्ट ८५० मा पुग्यो । यसरी महंगी बढाएर जनतालाई दुख दिने काम सरकारले गरेको छ ।’
यसको साथै, उनले मुठ्ठिभर व्यापारिको लागि सरकार लागि परेको हुनाले पनि त्यसको विरुद्धमा जानुपर्छ भनेर लागेको बताए ।





























प्रतिक्रिया