संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जबराको नाम अनुमाेदन गरेको छ । समितिकाे मंगलबार बसेकाे बैठकले प्रधानन्यायाधीशमा जबराकाे नाम अनुमाेदन गरेको हो।
संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि शमशेर प्रधानन्यायाधीश बन्ने पक्का भएको छ । समिति सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा संवैधानिक परिषद्काे सिफारिस अनुमाेदन भएको जानकारी दिए ।
यसअघि आइतबार पनि प्रधानन्यायाधीशमा सिफारिस जबराकाे सुनुवाइ भएको थियाे। आजकाे बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ जबराले दिएका थिए। जबराले आफू न्यायालयकाे मुहारमा कालाे पाेतेर र आफ्नो अनुहार हातले काेतरेर रक्ताम्य पारेर बाहिरिने मनशायमा नरहेकाे बताए। उनले समितससमक्ष प्रस्तुत गरेको कार्यायाेजना लागू गर्ने प्रतिबद्धता जनाएका थिए।
जबराको बिरुद्ध संसदीय सुनुवाई विशेष समितिमा चोलेन्द्रविरुद्ध ९ वटा उजुरीहरु परेका थिए ।





























प्रतिक्रिया