काठमाडौं । आज दिउँसोबाट सुचारु हुने संघिय संसदको हिउँदे अधिवेशनमा आफ्ना सांसदहरुको प्रस्तुती लगायतका विषयमा धारणा बनाउन नेपाली कांग्रेस संसदीय दलको बैठक अब केही क्षणमा बस्दै छ ।
बैठक बिहान साढे आठ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो । आजको बैठकमा यसअघि बसेको दलको बैठकमा बोल्न बाँकी सांसदहरुले आज धारणा राखिसकेपछि मन्त्रीहरुले जवाफ दिनेछन् । मन्त्रीहरुले आफूले गरेका कामबारे सांसदहरुलाई जानकारी पनि गराउने छन् ।
संसदीय दलको बैठकमा यसअघि २० सांसदले बोलिसकेका छन् । साथै, अध्यादेशको अन्तरवस्तुबारे महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखकले सांसदहरुलाई जानकारी गराइसकेका छन् ।
कानुन सुधार सुझाव कार्यदलका तीन सदस्यले कानुनमा रहेका व्यवस्था र सुधार गर्नुपरेका कारणहरू पनि सुनाएका थिए ।





























प्रतिक्रिया