काठमाडौँ । अमेरिकाको रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अगाडि बढ्दै गर्दा दुर्घटना भएको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको अधिकारीहरूले बताएका छन् ।
विमानको ‘ब्ल्याक बक्स’ भेटिएसँगै दुर्घट्नाको कारण पत्ता लाग्ने अधिकारीको दावी छ । नदीमा हराइरहेका यात्रु खोजीका क्रममा विमानमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर, जसलाई ब्ल्याक बक्स भनिन्छ, भेटिएको हो ।
बुधबार राति कान्सासबाट वासिङ्टन आउँदै गरेको बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अगाडि बढ्दै गर्दा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरले ठक्कर दिँदा दुवै पोटोम्याक नदीमा खसेर दुर्घटनाग्रस्त भएका थिए ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार अहिलेसम्म उक्त दुर्घट्नामा मृत्यु भएका ४० जनाको शव मात्र निकालिएको छ । दुर्घट्नाग्रस्त विमानमा चालक दलसहित ६४ जना थिए भने हेलिकप्टरमा ३ सैनिक थिए । दुर्घटनामा सबै जनाको मृत्यु भएको निष्कर्षमा अमेरिकी अधिकारीहरू पुगेका छन् ।































प्रतिक्रिया