११ बजे बागमती प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

११ बजे बागमती प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

केन्द्रबिन्दु
15
Shares

बागमती । बागमती प्रदेशसभाको बैठक आज हुँदैछ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गरे बमोजिम बैठक हुन लागेको हो।

प्रदेश सरकारले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा दर्ता भएका छन्।

Skip This
Skip This
Logo