प्रचण्डलक्षित ओलीकाे टिप्पणी- सत्ताको खेल खेलिरहने अवस्थामा अब बन्ध्याकरण लागेको छ

प्रचण्डलक्षित ओलीकाे टिप्पणी- सत्ताको खेल खेलिरहने अवस्थामा अब बन्ध्याकरण लागेको छ

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको नाममा प्वाँल पारेर फुत्त अर्को डुङ्गा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने अवस्थामा अब बन्ध्याकरण लागेको टिप्पणी गरेका छन् ।

शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै यस्ताे टिप्पणी गरेका हुन् । संसद समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट अब मुक्त भएको पनि उनको भनाइ छ ।

उनले भने,‘सत्ताको नाममा प्वाँल पारेर फुत्त अर्को डुङ्गा चलाउने मुलुक एमव् जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने अवस्थामा अब बन्ध्याकरण भएको छ । संसद समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं ।’

Skip This
Skip This
Logo