काठमाडाैं । नेपालमा मिशलिन टायरको आधिकारिक विक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराजमा आफ्नो मिशलिन टायरहरु उपलब्ध गराएको छ ।
सिप्रदी अटोपार्टसले ग्राहकको सुविधालाई उच्च प्राथमिकता दिँदै सन् २०२५ जनवरीदेखि मिशलिन टायर दराजमा उपलब्ध गराएको हो । मिशलिनका दुई वटा मोडेल दराजमा विशेष छुटसहित सिप्रदी अटोपार्टसले उपलब्ध गराएको छ ।
अब ग्राहकहरुले छिटो छरितो र सहज रुपमा मिशलिन सिराक स्ट्रीट टि.एल. (११०/९०–१८ ६१ पि) र मिशलिन सिटी प्रो टि.टी. (९०/९०–१९ ५२ पि) टायर खरिद गर्न सक्ने छन् । पूर्वनिर्धारित मूल्यमा विशेष छुटसहित दराजमा टायर उपलब्ध गराइएको हो । जसअनुसार, पहिले (रु.११,५९९) मूल्य पर्ने मिशलिन सिराक स्ट्रीट टि.एल (रु ९, ९९९) मा दराजमा ग्राहकले प्राप्त गर्न सक्ने छन् ।
यस्तै, मिशलिन सिटी प्रो टि.टी (रु.७,६९९) मा यसअघि बिक्री हुँदै आएकोमा अब विशेष छुटसहित (रु.५, ५५५) मा नै सुपथ मूल्यमा उपलब्ध गराएको छ । यसबाट ग्राहकहरुलाई थप टेवा पुग्ने र नक्कली टायर खरिदको जोखिम समेत हट्ने छ ।
आगामी दिनमा सिप्रदी अटोपार्टसले मिशलिनका अन्य टायरहरु पनि दराजमा उपलब्ध गराउने छ । जसले गर्दा ग्राहकवर्गहरुले सुपथ मूल्यमा मिशलिन टायर पाउन सक्ने छन् । सिप्रदी अटोपार्टसले यो विशेष छुटमा मिशलिन टायर दराजबाट खरिद गरी मौकाको फाइदा उठाउन आफ्ना ग्राहकहरुमा अनुरोध पनि गरेको छ ।































प्रतिक्रिया