केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

ठेकेदारको दादागिरीदेखि विप्लव नेता नेकपा प्रवेशसम्म

ठेकेदारको दादागिरीदेखि विप्लव नेता नेकपा प्रवेशसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

जुत्ता मेलामा उपमेयर खड्कीदेखि मिस नेपाल शृंखला खतिवडासम्म

जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी मेलाको आकर्षण बढेको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी मेलामा सर्वसाधारणदेखि सेलिब्रेटीसम्मको उपस्थित आकर्षण बढेको हो।

शनिबार रक्षामन्त्री इश्वर पोख्रेल, अभिनेत्री संचिता लुइँटेल, प्रियंका कार्की लगायतले प्रदर्शनीको अवलोकन गरेको मेलामा आइतबार काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले प्रदर्शनीको अवलोकन गरेकी छन्। ।

विप्लवका २२ विद्यार्थी नेता नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका २२ विद्यार्थी नेता सत्तारुढ दल नेकपा प्रवेश गरेका छन् । विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ जना नेकपा प्रवेश गरेका हुन् ।

चीनको अर्को अद्‍भूत चमत्कार

चीन आधुनिक प्रविधिमा सबैभन्दा अगाडि छ । विज्ञान प्रविधिको नयाँ नयाँ आविस्कारले गर्दा संसारको ध्यान तान्दैं आएको छ । यतिबेला फेरि अर्को चर्चा पाएको छ । चीनको ताईयुआन शहरमा तीन तलाको हाईवे पुल बनेको छ ।

यस्तो जाडोमा दीपिकाको हट अवतार

यो वर्षभरी नै सबैभन्दा बढी मिडियामा छाईन बलिउड नायिका दीपिका पादुकोण । सन् २०१८ को अन्तसम्म पनि उनी चर्चामै छिन् ।फिल्मफेयर म्याग्जिनको लागि बोल्ड तस्बिर खिचाएर फेरि चर्चामा आएकी छन् ।

डोजर चालक नै इञ्जिनियर ! (भिडियोसहित)

सांसदहरुले अध्ययन विना नै सडक विस्तार र सवारी संचालनको अनुमति दिंदा सवारी दुर्घटना बढेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सिहंदरबारमा सोमबार बसेको विकास समितिको बैठकमा समिति सदस्यहरुले विकासको नाममा अध्ययन विना नै सडक विस्तार गर्नाले दुर्घटनाको समस्या निम्तिएको बताएका हुन् ।

विपक्षीलाई साढे २ लाख मतले हराउँदै क्रिकेट कप्तान सांसद बने

गलादेशका क्रिकेटर मशरफे मुर्तजा सांसदमा निर्वाचित भएका छन् । एकदिवसीय क्रिकेट टिमका कप्तान मुर्तजा विपक्षीलाई भारी मत अन्तरले हराउँदैं सांसदमा निर्वाचित भएका हुन् । उनले प्रतिद्वन्द्वीलाई २ लाख ५० हजारभन्दा धेरै मत अन्तरले पराजित गरे ।

पर्यटन मन्त्रीको योजना-‘२० वर्षभित्र मुलुक विकासको प्रमुख आधार पर्यटन’ (भिडियोसहित)

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले २० वर्ष भित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रुपमा विकास गर्ने योजना अघि सारेका छन् । मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने पनि स्पष्ट पार्नु भयो ।

सरकारले जनताको पक्षमा सिन्को समेत भाँच्न सकेन- राणा (भिडियोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले राष्ट्र र जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको टिप्पणी गरेका छन् । अध्यक्ष राणाले मुलुकको इतिहासमा सबैभन्दा शक्तिशाली केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक सरकारको रुपमा दर्ज हुन पुगेको दावी समेत गरे ।

प्रधानमन्त्री ओलीद्वारा पानीजहाजको समुद्घाटन !

आज पुस १६ गते अर्थात नेपालमा सुनौलो युगको सुरुवात भएको दिन । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपालः सुखी नेपाली’ अभियान अन्तर्गतको एउटा सपना साकार भएको दिन ।

शिक्षक बनेर मुख्यमन्त्री नै कक्षा कोठामा प्रवेश गरेपछि…

देश ५ का मुख्यमन्त्रीले विद्यालयमा एक दिन र कक्षा कोठामा एक दिन कार्यक्रमको सुरुवात गरेका छन् । उक्त कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेका माध्यमिक विद्यालय कालाखोलाबाट शुरु गरिएको छ ।

गोविन्द केसीलाई योगेश भट्टराईको विशेष अनुरोध

तिनिधिसभा सदस्य तथा नेकपा नेता योगेश भट्टराईले डा. गोविन्द केसीसँग विशेष अनुरोध गरेका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधिन चिकित्सा शिक्षा विधेयकका सन्दर्भमा डा. केसीसँग विशेष अनुरोध गरेका हुन् ।

नगरपालिका भित्रै ठेकेदारको दादागिरी, कुटिए लेखापाल

शुन्दरबजार नगरपालिकाका लेखापाल कुटिएका छन् । कार्यालयभित्रै पसेका दुई ठेकेदारले वालिङ नगरपालिका ११ स्याङ्जा घर भई शुन्दरबजार नगरपालिकामा कार्यरत लेखापाल श्याम बहादुर पराजुलीमाथि कुटपिट गरेका हुन् । आज नगरपालिकामा औषधी खरिद सम्बन्धी टेण्डर बिक्री गर्ने दिन तोकिएको थियो ।

Logo