काठमाडौं जिल्ला अदालतका डिठ्ठा घुससहित पक्राउ

काठमाडौं जिल्ला अदालतका डिठ्ठा घुससहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुयपोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जिल्ला अदालतका एक जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंमा कार्यरत डिठ्ठा (खरिदार) विदुर पोख्रेललाई १० हजार घुस रकमसहित पक्राउ गरेको हो । पोख्रेलले डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागिरहेको सूचनाका आधारमा गएको अख्तियारको टोलीले उनलाई सोह्रखुट्टेको एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो।

पक्राउ परेका पोख्रेलाई हिरासतमा लिई अनुसन्धान भैरहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

Logo