सुन्दा अचम्म लाग्न सक्छ, तर यो कुरा सत्य हो । भारतमा एक ६५ वर्षकी बृद्धा महिलाले स्वस्थ बच्चा जन्माएकी छन् । त्यो पनि नर्मल डेलिभरी । विज्ञहरु भन्छन्, यो सम्भव छैन् किनभने बढिमा ५० वर्षसम्ममा महिलाको महिनावारी रोकी सक्छ ।
गर्भाधारण गर्नको लागि महिनावारीको महत्वपूर्ण भूमिका रहन्छ । महिनावारी रोकिएपछि गर्भाधारणको सम्भावना हुँदैन् । यसमा संलग्न डाक्टरहरु पनि अचम्ममा परेका छन् ।
सामान्यतया महिलाहरुले २० वर्ष भन्दा कम र ३५ वर्ष नाघेपछि बच्चा जन्माउनु जोखिपूर्ण हुन्छ । स्वास्थ्यको दृष्टिकोणले पनि ६५ वर्षको उमेरमा बच्चा जन्माउनु गाह्रो हुन्छ । त्यसमा पनि महिनावारी रोकिसकेको महिलाले बच्चा जन्माउनु भनेको अचम्मको कुरा हो ।
श्रीमानको नाम हाकिम दीन हो । उनी ८० वर्षका छन् । हाकिमका अनुसार श्रीमतीलाई प्रसब पिडा भएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । त्यँहा स्त्री रोग विशेषज्ञ डा. शहनाज बट्टीको रेखदेखमा उनले स्वस्थ बच्चा जन्माएकी हुन् । उनका श्रीमानले भगवानले दिएको अनमोल उपहार भनेका छन् ।
उनीहरुको पहिला देखि नै एउटा बच्चा छ । जसको उमेर १० वर्षको भयो । डाक्टरका अनुसार महिलालाई प्रसब पिडा भएपछि अस्पतालमा भर्ना गरिएको र उनको नर्मल डेलिभरी भएको बताएकी छिन् ।































प्रतिक्रिया