३१.८ प्रतिशतले बढ्यो निर्यात

३१.८ प्रतिशतले बढ्यो निर्यात

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सार्वजनिक गरेको छ ।

तथ्यांकअनुसार ६ महिनामा ३१. ८ प्रतिशलतले निर्यात बढेको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । आयात ७.१ प्रतिशतले र निर्यात ३१.८ प्रतिशतले बढेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशतलेर अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

त्यस्तै, शोधनान्तर स्थिति रु.२४९ अर्ब २६ करोडले बचतमा रहेको छ । भने कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेको छ । नेपाल सरकारको खर्च रु.६६७ अर्ब ६० करोड र राजस्व परिचालन रु.५५९ अर्ब ६१ करोड रहेको छ ।

विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले बढेका छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.२ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको हो ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको छ ।

Logo