सरकारको खातामा २ खर्ब ९७ अर्ब नगद मौज्दात

सरकारको खातामा २ खर्ब ९७ अर्ब नगद मौज्दात

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (पुषसम्म) सरकारको खातामा २ खर्ब ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको नगद मौज्दात रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकले प्रदेश तथा स्थानीय सरकारको खातामा समेत गरेर उक्त रकम नगद मौज्दात रहेको देखाएको हो । २०८१ असार मसान्तमा यस्तो मौज्दात ८३ अर्ब ९९ करोड रहेको थियो ।समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च ४४ अर्ब ८१ करोड र स्रोत परिचालन ८४ अर्ब ९१ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले बताएको छ ।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ६७ अर्ब १७ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व १७ अर्ब ७४ करोड रुपैयाँ रहेको पनि राष्ट्र बैंकको तथ्याङकले देखाएको छ ।

Logo