काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पाथीभरा घटनामा प्रहरीले गरेको दमनप्रति आपत्ति जनाएको छ ।
गत शनिबार देखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकले शान्तिपूर्ण आन्दोलन गरिरहेकालाई प्रहरीले लाठी प्रहार, पक्राउ जस्ता कूकृति गरिरहेको भन्दै सरकारलाई अविलम्ब त्यो आन्दोलनलाई वार्ता र संवाद मार्फत निष्कर्षमा पुर्याउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
उनले भने, ‘आध्यात्मिक रुपले र आस्थाले जोडिएको पाथिभर घटना जुन छ । त्यो हुँदा सबै घाइते भएकाहरु प्रति शिघ्र स्वास्थ्य लाभको हामीले कामना गर्दछौं । त्यो आन्दोलनप्रति जनता समाजवादी पार्टीको ऐक्यवद्धता रहेको छ । शान्तिपूर्ण आन्दोलन गरिरहेकालाई प्रहरीले दमन गर्ने लाठी प्रहार, पक्राउजस्ता कूकृति गरिरहेको छ । सरकारलाई अविलम्ब त्यो आन्दोलनलाई वार्ता र संवादमार्फत निष्कर्षमा पुर्याउन आग्रह गर्दछौं ।’
त्यस्तै, भूमिसम्बन्धि र सामाजिक सञ्जालसम्बन्धि अध्यादेशप्रति गम्भिर चासो भएको भन्दै त्यसमाथि वृहत छलफल गरेर मात्र निर्णय गर्न संसदीय दललाई आग्रह गर्ने पनि निर्णय गरेको जानकारी दिए ।































प्रतिक्रिया