काठमाडौँ
आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गर्नुभएका पारसले यो वर्ष अरु साथीहरूसँग मनाउने हुनुभएकोे छ ।
शनिवारै चितवन आउनुभएका पारसका साथमा राजेश सिह, सितल सिह लगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन् । पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै हुनुहुन्छ ।
पुर्वराजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गर्नुभएको थियो । ‘आमा कोमल, श्रीमती हिमानी, छोरीहरु पुर्णिका, किर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणा लगायतले पारससंगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसंग चितवन गएका छन्’–स्रोतले भन्यो ।
पुस १७ गते अग्रेजी नयाँ वर्ष र छोरा पारसको जन्मदिन मनाउने योजनासहित पुर्वराजाको परिवार पुस २ गतेदेखि पोखरा निर्मल पोखरीस्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा बस्दै आएको थियो । श्रीमानको जन्मदिन मनाउन पुर्वयुवराज्ञी हिमानी शाह थाइल्याण्ड बस्दै आएका दुई छोरी र छोरा हृदयन्द्रसहित गएको १० गते पोखरा पुग्नुभएको थियो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया