काठमाडौं । पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा पर्वतको शिखर नजिक अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा यहाँकी देवीलाई पाथीभरा देवी भनिएको हो । हिन्दु धर्मावलम्बीहरु यहाँ जाँदा मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने विश्वास गर्छन् । यही पाथीभरा पहाडलाई लिम्बू समुदायहरू भने मुकुम्लुङ भनेर चिन्दछन् । लिम्बू भाषामा मुकुुमको अर्थ शक्ति वा बल, लुङको अर्थ ढुंगा भन्ने जनाउँदछ । अर्थात् लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत रूपमा प्रकट गर्ने गर्दछन् । यही शक्तिपीठमा धर्मावलम्बीलगायत स्थानीयलाई सहज होस् भनी केबलकार निर्माणको चर्चा चलेको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन ।
यतिसम्म की पाथीभरा मन्दिर क्षेत्रमा केवलकार निर्माणको विषयमा अहिले सामाजिक, राजनीतिक विवाद निकै चुलिएको छ । यस विषयमा आम सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा थुप्रै प्रकारका मतभेद र टिकाटिप्पणीहरु पनि भइरहेका छन् । एक पक्षले केबलकार बनाउँदा विभिन्न प्रकारका लाभ हुने धारणा राखिरहेका छन् भने अर्काे पक्षले यसले मुन्धुम संस्कृतिमाथि अतिक्रमण हुने, व्यापारिक स्वार्थ मात्रै पूर्ति हुने र स्थानीयहरुको रोजीरोटी खोसिने धारणा राखेका छन् ।
केबलकारले वृद्ध व्यक्तिहरू, अपाङ्गता भएका व्यक्ति र स्वास्थ्य समस्या भएका धेरैलाई सहज तीर्थयात्राको अनुभव गराउँछ ।
पाथीभरामा केबलकारको योजना अहिलेको पनि होइन, करिब ३ दशक अघिको बृहत योजना हो । तर, अहिले यो विषय बाहिर आउँदा एकाएक समाज दुई पक्षमा विभाजित भएको हो ।
आजको युग विकास र प्रविधिको युग हो। यो २१औं शताब्दीमा, प्रविधिले हाम्रो जीवनको हरेक पक्षलाई परिवर्तन गरेको छ। असम्भव जस्ता लाग्ने कामहरु पनि प्रविधिले गर्दा मिनेटमै सम्भव भएका छन्। यही अवधारणास्वरुप ताप्लेजुङवासी र पाथीभराका दर्शनार्थीलाई सहज होस् भनी केवलकार निर्माणको प्रयास गर्दा किन हुन्छ विवाद ? के यसका बेफाइदा मात्रै छन् त ? फाइदा छैनन् ? आउनुहोस् हामी आज यसका फाइदाबारे चर्चा गर्नेछौं
१) आर्थिक विकास– पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण हुँदा यहाँ आर्थिक विकास हुने आधार देखिन्छन् । केबलकार निर्माणका पक्षधरहरुले पाथीभरा क्षेत्रका स्थानीय नागरिकहरुले आफ्नो र समाजको आर्थिक विकासमा टेवा पुर्याउन सक्ने छन् । त्यहाँ आफ्नो नयाँ व्यवसाय सिर्जना गरेर आर्थिक लाभ लिन सक्ने केबलकार निर्माण पक्षको जोड पनि छ । पाथीभरा क्षेत्रमा बदाम, पानी, सुन्तला लगायत सामान्य वस्तु बचेर गुजारा चलाउने नागरिकले अब त्यसलाई व्यवसायिक गर्ने वातावरण बन्ने सुनौलो अवसर छ । व्यवसाय विस्ता हुँदा युवालाई रोजगारीको अवसर बन्ने छ र वैदेशिक पलायन रोकिन्छ ।
पाथीभरा क्षेत्रमा बदाम, पानी, सुन्तला लगायत सामान्य वस्तु बचेर गुजारा चलाउने नागरिकले अब त्यसलाई व्यवसायिक गर्ने वातावरणकाे सुनौलो अवसर छ ।
२) पर्यटकीय विकास – केबलकार निर्माण हुँदा पाथीभरा जस्तो पर्यटकीय क्षेत्रलाई सम्वर्धन र प्रवर्धन गर्न सहज हुने सुनौलो अवसर हुने ताप्लेजुको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराई बताउँछन् । उनले पत्रकार सम्मेलन नै गरी १९ बुदेँ ध्यानाकर्षण पत्र मार्फत पाथीभरा क्षेत्रमा केबलकार बनाउनुपर्छ भन्ने अभिव्यक्ती दिएका छन् । पाथीभरा क्षेत्रमा केबलकार बनाउनुपर्छ भनेर पत्रकार सम्मेलन गरी उनले खुलेरै बोलेका थिए । पाथीभरा भ्रमण गर्ने प्रर्यटकहरुको अहिलेसम्मको उच्च संख्या एक दिनमा २१ हजार छ । केबलकार निर्माण भएपछि त्यो संख्या अझ बढेर लाखमा नपुग्ला भन्न सकिन्न । यसले आर्थिक विकाससँगै पर्यटकीय विकासमा टेवा पुर्याउने केवलकार निर्माणका पक्षधरहरुको आशा छ ।
पाथीभरामा केवलकारले स्थान पाए शिक्षा, स्वास्थ्य, आवास, यातायात र अन्य सुविधाहरुलाई सहज बनाउनुका साथै रोजगारीका अवसरहरु पनि सिर्जना गर्नेछ ।
३) सामाजिक विकास – पाथीभरामा केबलकार निर्माण भए ताप्लेजुङका बासिन्दाहरुको आर्थिक विकास, पर्यटकीय विकाससँगै सामाजिक विकासमा पनि टेवा पुर्याउने आँकलन गर्न सकिन्छ । ग्रामिण भेगमा कुन प्रकारको विकास गर्न सकिन्छ भन्ने आम नागरिकदेखि व्यवसायकर्मी, जनप्रतिनिधि सबैको महत्वपूर्ण भूमिका रहन्छ । केवलकार निर्माणमा जनप्रतिनिधिदेखि लगानीकर्ता र स्थानीयको सहयोग रहन्छ । जति पाथीभरा भ्रमणका लागि प्रर्यटक भित्रिन्छन् त्यती नै समाजमा नयाँ कुराहरुको जानकारीसँगै समाजलाई विकास तर्फ उन्मुख गर्ने निर्माण पक्षको भनाइ छ ।
४) भौतिक विकास– भौतिक विकास भन्नाले कुनै देश वा क्षेत्रको पूर्वाधार, प्रविधि र अन्य भौतिक संरचनाहरुको विकासलाई जनाउँछ। यसले मानिसको जीवनस्तरमा सुधार ल्याउनुका साथै आर्थिक वृद्धि र सामाजिक प्रगतिमा पनि टेवा पुर्याउँछ। हो, पाथीभरा क्षेत्रमा केवलकार निर्माणले पनि त्यस क्षेत्र र समग्र ताप्लेजुङकै भौतिक विकासमा टेवा पुर्याउने आशा गरिएको छ । ताप्लेजुङ आफैंमा पूर्वी नेपालको पहाडी जिल्ला हो, यहाँ विकासले छुन धेरै कुरा बाँकी छ । गतिला पूर्वाधार छैनन् । तर, यदी पाथीभरामा केवलकारले स्थान पाए शिक्षा, स्वास्थ्य, आवास, यातायात र अन्य सुविधाहरुलाई सहज बनाउनुका साथै रोजगारीका अवसरहरु पनि सिर्जना गर्नेछ ।
५) सुरक्षित यात्राः पाथीभराको यात्रा जोखिमपूर्ण छ, विशेष गरी खराब मौसममा। याे अवस्थामा केबलकारले सुरक्षित र भरपर्दो यातायातको माध्यम प्रदान गर्दछ, दुर्घटनाको जोखिमलाई कम गर्दछ । अझ वृद्ध र अशक्त तीर्थयात्रीहरूका लागि सहज हुनेछ । केबलकारले वृद्ध व्यक्तिहरू, अपाङ्गता भएका व्यक्तिहरू र स्वास्थ्य समस्या भएकाहरूका लागि मन्दिर पुग्न सजिलो बनाउँछ। जसले गर्दा धेरै मानिसहरूले तीर्थयात्राको अनुभव गर्न पाउँछन्।
पाथीभरा केबलकार निर्माण विकासका पक्षमा कसले के भने ?
पाथीभरा केवलकार निर्माणको विवादले गर्दा समाज दुई पक्षमा विभाजित भए पनि निर्माण हुनुपर्छ भन्ने पक्षले महत्वपूर्ण धारणा राखेका छन् ।
१) सांसद योगेशकुमार भट्टराई – पाथीभरा केबलकार निर्माणको पक्षमा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टाराई छन् । उनले पत्रकार सम्मेलन नै गरी १९ बुँदे ध्यानाकर्षण पत्र मार्फत पाथीभरा क्षेत्रमा केबलकार बनाउनुपर्छ भन्ने अभिव्यक्ती दिएका छन् । पाथीभरा जस्तो पर्यटकीय क्षेत्रलाई सम्वर्धन र प्रवर्धनका लागि केबलकार बनाउन आवश्यक रहेको उनको भनाई छ । युवालाई रोजगारी, वृद्ध, बालबालिकालाई निःशुल्क अनि ताप्लेजुङवासीलाई ५० प्रतिशत छुट दिन सांसद भट्टराईले माग गरेका छन् ।
केबलकार बन्दा कुनै धर्म संस्कृति विशेषलाई नभई सबै धर्म र संस्कृतिका आस्थावानलाई फाइदा पनि हुन्छ ।
२) मेयर अमिर मादेन– पाथीभरा केबलकार निर्माणको पक्षमा फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन पनि छन् । पाथीभरामा केबलकार निर्माणको पक्षमा रहेको बताउँदै समग्र ताप्लेजुङको विकास र स्थानीय सरोकारको हित हुने भएकाले केबलकार निर्माण गर्न आवश्यक रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘ताप्लेजुङ दशकौंदेखि विकासकै पर्खाइमा रहेको छ ।’ त्यसैले सरकारी, निजी तथा गैरसरकारी सबै पक्षलाई ताप्लेजुङको समग्र अवस्था बुझेर केबलकार निमार्णमा सहयोग पुर्याउन उनले अपिल गरेका छन् ।
३) केबलकार निर्माण पक्ष– पाथीभरामा बन्ने पूर्वाधारहरुले वृद्धवृद्धा, अशक्त, बालबालिसहित अन्यलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउँछ । त्यहाँको धार्मिक सांस्कृतिक तथा पर्यटन, कृषि, हस्थकलाको विकास लगायत अन्य विकासका गतिविधिमार्फत स्थानीयका लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभ सिर्जना गरी आर्थिक विकाससँगै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने केबलकार निर्माणका पक्षधरहरुको भनाइ छ ।
पाथीभरामा बन्न लागेको केबलकारमा स्थानीयलाई रोजगारी दिने र केबलकार बनेपछि ताप्लेजुङको फुङलिङ मात्रै होइन, पाँचथर फिदिमसम्मको व्यापारमा सुधार आउने निर्माण पक्षको भनाइ छ । स्थानीयको रोजगारी, विभिन्न सुविधा सहुलियत लगायत अहिले नै घोषणा गरेर आश्वस्त गराउनुपर्ने जनप्रतिनिधिहरुको माग छ ।
केवलकार निर्माणको माग गरिरहेका स्थानीयले तीर्थालु र भक्तजनमात्रै नभई आम पर्यटक र सर्वसाधारणको सहजताका लागि केबलकार बन्नुपर्ने अडान लिएका छन्। केबलकार बन्दा कुनै धर्म संस्कृति विशेषलाई नभई सबै धर्म र संस्कृतिका आस्थावानलाई फाइदा पनि हुन्छ । पाथीभरामा निर्माणका विषयले उत्पन्न गरेको विवाललाई समग्र रुपमा हेर्ने हो भने मतविभेद भएपनि यसले केहि सकारात्मक कुरा पनि सिकाएको छ । ताप्लेजङ्को आर्थिक, भौगोलिक, समाजिक विकासका लागि सकारात्मक वातावरण बनेको धेरैको धारणा छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार २०७५ जेठ १३ पाथीभरा माता दर्शन केबलकार प्रालिलाई निर्माणको अनुमति दिएको थियो । पाथीभरामा दुई दशमलव ७५ किमी लामो दूरीको केबलकार निर्माणका लागि रू तीन अर्ब लगानी गर्ने योजना रहेको निर्माण पक्षको योजना छ । तर, अहिले उक्त विवादले गर्दा फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २ दशमलव ७ किमी केबलकार निर्माण भइरहेको काम रोकिएको छ ।
‘ताप्लेजुङ दशकौंदेखि विकासकै पर्खाइमा छ ।’
यसअघि यती समूहको स्वामित्वमा रहेको पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनी अहिले आइएमई ग्रुपको स्वामित्वमा छ ।
६ बुँदे सहमतिः रोकियो काम
पाथीभरा (मुक्कुम्लुङ) मा उत्पन्न केबलकार निर्माण विवादलाई समाधान गर्न सरकारले सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरी उक्त विवादका बारेमा स्थानीय संघर्ष समितिसँग वार्ता गरेको छ । उक्त वार्तामा २०८१ माघ १२ गते भएको घटनामा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलन क्रममा थुनामा रहेकाहरूको बिनासर्त तत्काल रिहाइ प्रक्रिया सुरू गर्ने सहमतिसँगै सरकार र मा स्थानीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको । यस्तै दुई पक्षबीच भएको सहमतिअनुसार सरकारले आन्दोलन क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने उल्लेख छ । दाेस्राे चरणकाे वार्ता माघ २७ गते हुँदैछ ।





























प्रतिक्रिया