काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दु:खद भएको बताएका छन् ।
पाथीभरामा केबलकार बनाउने विषयमा भइरहेकाे विवादबारे बोल्दै अध्यक्ष ढकालले विकासलाई राजनीति र धर्म भन्दामाथि राखेर हेर्न राजनीति दल तथा सर्वसाधारणमा आग्रह गरेका हुन् । साथै उनले आफूबारे सामाजिक सञ्जालमा गलत सन्देश प्रवाह भएको पनि गुनासाे गरे ।
‘क्यान इन्फोटेक’को ३० औं संस्करणको उ्द्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘सामाजिक सञ्जालले चन्द्र ढकाललाई दलाल भनेर चिनाउने प्रयास गरिरहेको छ, जुन खेदजनक छ । वैदेशिक रोजगारको जागीर छोडेर नेपालमै केही गर्नुपर्छ भनेर फर्केर आएको मान्छे, अहिले हजारौंलाई रोजगार दिइरहेका छु । तर आज सामाजिक सञ्जालमा मेरो विषयमा गलत सन्देश फैलिएको छ । विभिन्न क्षेत्रमा मैले योगदान दिएको छु ।’
साथै उनले पाथीभरामा वास्तविक रूपमा त्यहाँ केबलकर बनाएर यातायातको सुविधा मात्र दिन खोजेको पनि बताए ।





























प्रतिक्रिया