प्रतिनिधिसभा बैठक बस्दै, आजको कार्यसूचीमा अध्यादेश समेटिएन

प्रतिनिधिसभा बैठक बस्दै, आजको कार्यसूचीमा अध्यादेश समेटिएन

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । संघिय संसद अन्तर्गत रहेको प्रतिनिधिसभा बैठक आज बस्दैछ ।

कार्यसूची अनुसार आजको बैठकमा अध्यादेशको बारेमा कुनै कारवाही अगाडि नबढ्ने देखिन्छ । संघीय संसद्‌ सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद्‌ भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ ।


आजको बैठकमा उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘विद्युतिय व्यापार विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको बिधायन विधेयक, २०८० माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘अन्तराष्ट्रिय श्रम संगठनको अन्तराष्ट्रिय श्रम सम्मेलनले स्विकृत गरेका नयाँ अन्तराष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन’ पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।

Logo