महिला टी–२० त्रिकोणात्मक क्रिकेट : नेपालले अन्तिम खेल थाइल्यान्डसँग खेल्दै

महिला टी–२० त्रिकोणात्मक क्रिकेट : नेपालले अन्तिम खेल थाइल्यान्डसँग खेल्दै

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । जारी महिला टी–२० त्रिकोणात्मक क्रिकेट श्रृङ्खला अन्तर्गत आज (शुक्रबार) अन्तिम खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे हुने अन्तिम खेलमा आज घरेलु टोली नेपालले थाइल्यान्डको सामाना गर्दै छ । आज नेपाल थाइल्यान्डविरुद्ध मैदानमा उत्रँदा सान्त्वना जितको खोजीमा हुनेछ ।

नेपाल आज थाइल्यान्डलाई हराएर श्रृङ्खलाको सुखद अन्त्य गर्न चाहन्छ । यसअघि भएका सबै पाँचवटा खेलमा नेपालले पराजय भागेको छ । थाइल्यान्ड पाँच खेलमा चार जितसहित आठ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । ६ खेलबाट समान अङ्क जोडेको नेदरल्यान्ड्स नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ ।

यसर्थ थाइल्यान्डको श्रृङ्खला जित्ने सम्भावना प्रबल छ । आज झिनो अन्तरले पराजित हुँदा पनि उसले उपाधि जित्न सक्छ ।

Logo