सिन्धुली
हेटौडा नगरपालिका १३ का सञ्चलाल वाइवा करिब तीन वर्ष अगाडीसम्म तपस्वी रामबहादुर बम्जनका आश्रममा थिए । तर उनी एकाएक त्यहाँबाट बेपत्ता भए । यस्तै बारा जिल्ला कलैयाका सुरेश आलेमगर पनि तीन वर्ष अगाडीसम्म बम्जन आश्रममै थिए उनी पनि बेपत्ता छन् ।
लामो समयदेखि आफन्त बेपत्ता भएपछि उनिहरुका आफन्तहरुले विभिन्न ठाउँमा खोजि गरे । बम्जन आश्रममा सोधिखोजि गरे । आश्रमबाट हिँडेको भन्ने जानकारी पाए तर उनीहरुको पत्तो लागेन ।
सिन्धुलीको कमलामाई नगरपालिका ८ स्थित पहिरेमा तपस्वीको रुपमा बस्दै आएका रामबहादुर बम्जनलाई चार जना आश्रममा बस्दै आएकालाइ बेपत्ता बनाएको आरोप लागेको छ । बम्जनका आश्रममा बस्दै आएका आनीहरु तथा अन्य गरी चार जना परिवारको सम्पर्कमा नपुगेकाले तपस्वी बम्जनको आश्रमबाटै बेपत्ता भएको परिवारजनले आरोप लगाएका छन् ।
लामो समयदेखि हराइरहेका छन्, आजसम्म छोरो फर्किएन , सुरेशका बाबु हस्तबहादुर आलेले भने, त्यसैले खोजि गरिदिन आग्रह गर्दै कलैया प्रहरीमा उजुरी गरेको छु । उनले तीन बर्षदेखि छोरा धर्म गर्छु भनि आश्रमबाट बेपत्ता भएको जनाए ।
लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट अन्य फूलमाया रुम्बा, कर्म वाइवा र लमिनमाया वाइवा बेपत्ता भएको परिवारजनले जनाएका छन् । तर लमिनमायालाई भने बोधी श्रवण धर्म संघले परिवारको जिम्मा नै लगाएको बताएको छ । ०७१ सालसम्म तपस्वी बम्जनकै आश्रममा रहेको भनिएका फुलमाया वाइवा र कर्म वाइवा अझै वेपत्ता भएको परिवारजनले जनाएका हुन् ।
यता बोधी श्रवण धर्मसंघले भने बम्जनमाथि लगाइएको आरोप भ्रम फैलाउनका लागि लगाइएको बताएको छ । हराएका भनिएका तीन जना आनीहरु ०७१ सालमा तपस्वी बम्जनकै आश्रममा रहेपनि उनिहरु पुर्ववत धर्म (पहिले देखि मान्दै आएको बुद्ध धर्म) मै फर्किएको र आरोप निराधार भएको जनाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया