धरहरा पुनर्निर्माणले आजदेखि औपचारिकता पाउँदै

धरहरा पुनर्निर्माणले आजदेखि औपचारिकता पाउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा (२०७२ साल फागुन ४ गते) ‘म बनाउँछु मेरो धरहरा’ अभियान अन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुनर्निर्माणका लागि उपलब्ध गर्नुभएको झन्डै ४ वर्षपछि आफैंले धरहरा पुनर्निर्माणको शिलान्यास गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहीबार बिहान ११ बजे शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शिलान्यासको सम्पूर्ण व्यवस्था गरेको छ । ०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले धरहरा ध्वस्त भएको थियो ।

६ रोपनी क्षेत्रफलमा रहेको भीमसेन थापा कालीन धरहरा भत्किएपछि हुलाक र टक्सार विभागसहितको ४२ रोपनी जग्गामा आधुनिक धरहरा निर्माण हुने भएको छ ।

नयाँ बन्ने धरहराको उचाइ १ सय ४५ फिटको हुनेछ । अपाङमैत्री धरहरामा वृद्धवृद्धाको लागि छुट्टै व्यवस्था गरिने भएको छ । दुई वटा लिफ्ट सहितको नयाँ संरचनामा ८ जनालाई चढ्ने र ८ जनालाई ओराल्ने व्यवस्था गरिने भएको छ ।

नयाँ धरहरा पुरानो धरहराबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिने भएको छ । गजुरसहित नयाँ धरहराको उचाई करिब ७७ मिटरको हुने छ । पुनर्निर्माण हुने धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै बनाइने भएको छ ।
नेपाल समाचारपत्रबाट

Logo