काठमाडौं
राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीलाई रिहा गरी संसदमा बस्ने वातावरण बनाउन माग गरेका छन् ।
बुधवारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै संयोजक महतोले जनताबाट निर्वाचित भएर आएका रेशम चौधरी संसदमा बस्नु पर्छ कि पर्दैन भनी प्रश्न गरे ।
‘प्रचण्डजी तपाईले १० वर्षे जनयुद्ध गर्नुभो, १०÷२० हजार मान्छे मारिँदा, सुरक्षाकर्मी मारिँदा प्रधानमन्त्री हुनुभयो । धेरै जना मन्त्रीहरु छन्, तपाईंहरु कसैलाई मुद्दा नलाग्ने ?’ उनले आक्रोश पोखे, ‘थारुले आन्दोलन गर्दा थुन्ने, जनताबाट निर्वाचित सांसदलाई जेलमा राख्ने ?’
उनले थपे, ‘मधेसी हुँदैमा पेल्दिने, यसकै लागि हामी लडेको, आन्दोलन गरेको, एक्लै गरेको हो तपाईले ? तपाईले आन्दोलन गर्दा प्रधानमन्त्री हुने, थारुको छोरा आन्दोलन गर्दा जेलमा हुने ? तपाईमाथि मुद्दा नलाग्ने, हामीमाथि मुद्दा लाग्ने । कसरी शान्ति हुन्छ, यसरी हुन सक्दैनन नी ?’
निर्वाचित सांसदलाई सदनमा उपस्थित नगराउनु जनता, संविधान र संसदको अपमान भएको उनको भनाई छ । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई पटक पटक सम्बोधन गरी यसबारे सोच्न आग्रह गरे ।
नागरिकबाट





























प्रतिक्रिया