देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए। ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
निर्मला प्रकरण: हत्या स्वीकारेको भनिएका प्रदीप रावल पनि रिहा
निर्मला हत्या प्रकरणमा आरोप स्वीकार गरेको भनिएका प्रदीप रावल पनि रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएपछि रावल रिहा भएका हुन्। उनीमाथि प्रहरीले ४ पटक म्याद थप गरेर अनुसन्धान गरेको थियो ।
आइजिपी खनालसहित उच्च प्रहरी अधिकारी कञ्चनपुर गए
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित प्रहरी उच्च अधिकारीहरुको टोली कञ्चनपुर गएको छ । महानिरीक्षक खनालसहित केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख निरज शाही, प्रहरी मुख्यालयका एसपी रामदत्त जोशी, महानगरीय अपराध महाशाखाका डिएसपी रुगम कुँवर, प्रहरी नायव निरीक्षक गजेन्द्र रावलको टोली मंगलबार बेलुकी कञ्चनपुर गएको हो ।
अधिकृत र अधिवक्तासहित ९ जनाबिरुद्ध भ्रष्ट्राचार मुद्धा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना अधिबक्तासहित ९ जनाबिरुद्ध आज बिशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।मुद्धा दायर गरिएकाहरुमा अधिबक्ता चन्द्रप्रसाद खनाल, फौदराज लिम्बु, मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत केशब प्रसाद न्यौपाने, राजेन्द्र प्रसाद फुयाल, नासु लक्ष्मण प्रसाद भट्टराई, खरिदार विजय भक्त श्रेष्ठ, मालपोत कार्यालय दमक झापाका अग्नि घिमिरे, नासु डिल्लीराम कोइराला, नासु जयन्द्रराज खड्का रहेका छन्।
गुगलमा कुन नेतालाई कति खोज्छन् ?
जनताका अभिभावक हुन् नेता । जसरी एउटा बच्चाले आफ्नो अभिभावक खोजी गर्छ त्यसरी नै जनताले पनि नेताको खोजी गरिरहन्छ । चाहे नेताले वेवास्तै किन नगरुन् । नेतालाई तौलिने र छान्ने भनेकै जनताले हो । नेताहरुलाई डष्टविनमा फाल्ने कि रातो कार्पेट ओछ्याउने भन्ने निक्र्यौल जनताले नै गर्दछन् ।
निजामती कर्मचारीको नयाँ दरबन्दीः संघ, प्रदेश र स्थानीय तहमा १ लाख ३८ हजार कर्मचारी
अब निजामती कर्मचारीको दरबन्दी १ लाख ३८ हजार रहने भएको छ । निजामती कर्मचारी समायोजनका लागि देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरिएको हो । संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी कायम भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
यौन प्रजननबारे खुलेरै कुरा गर्छन् रोल्पाका किशोरी
दुई छोरालाई विष खुवाएर आमाले गरिन् आत्महत्याको प्रयास, एकको मृत्यु
प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारहरुलाई कृष्णबहादुर महराको आग्रह
‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ माथि पुनर्विचार गर्न नसकिने- मन्त्री पण्डित
शेयर बजारमा उच्च अङ्कको वृद्धि
अब देखि जापानको श्रम बजारमा नेपालीलाई पनि अवसर
नेपाल आइडल विजेता रबि ओडकी आमाको करेन्ट लागेर मृत्यु
संसदको हिउँदे अधिवेशन आजबाट
चौतर्फी आलोचित ओलीलाई प्रचण्डको दरिलो साथ (भिडियोमा)
भारतीय सेनामा कार्यरत २ नेपालीको पाकिस्तानी सेनाको आक्रमणबाट मृत्यु
सुबास रेग्मीको थेगो ‘लोके’ कि ‘टिके’ !
नेपाल आइडलको चौथो स्थानमा रहेकी अस्मिताको दुईमुटु एउटै पारी बजारमा ( गीत सहित)
२६ देशबाट श्रृंखलाको उमेरदेखि उचाईसम्मको खोजी
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया