पूर्वराजा र नारायणकाजीबीच जम्काभेट : के भयो कुराकानी ?

पूर्वराजा र नारायणकाजीबीच जम्काभेट : के भयो कुराकानी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ । साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरूलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो ।

बुहारी र नातिनीहरूको स्वागतका लागि पूर्वराजा विमानस्थलको भिआइपी कक्षमा प्रतीक्षारत थिए । काठमाडौं फर्किंदै गरेका श्रेष्ठ पनि विमानस्थलको भिआइपी रुममा पुगेपछि दुवैबीच भेट भएको हो । श्रेष्ठ विमानस्थलको भिआईपी कक्षमा जाँदै गर्दा विमानस्थलमा खटिएका प्रहरी जवानले विमानस्थलमा पूर्वराजा आएको जानकारी गराएका थिए ।

श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नेता श्रेष्ठलाई नमस्कार गर्दै हालखबर सोधेका थिए । हालखबर सोधपुछपछि श्रेष्ठले पूर्वराजालाई के पढ्दै हुनुहुन्छ भन्दै सोधेका थिए । जबाफमा पूर्वराजा शाहले मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’ पढिरहेको बताएका थिए । उक्त पुस्तक प्रकाश कोइराला र मनीषाले उपहार दिएको जानकारी पूर्वराजा ज्ञानेन्द्रले दिएका थिए।

पूर्वराजा शाहले श्रेष्ठसँग काठमाडौंदेखि पोखरासम्मको सडक खराब भएका कारण हवाई माध्यमबाट यात्रा गर्नुपरेको भन्दै गुनासो गरेका थिए । श्रेष्ठसँगै काठमाडौं फर्किदै गरेका कांग्रेस नेता गगन थापा भने राजा विमानस्थलमा रहेको जानकारी पाएपछि बाहिरै बसेका थिए ।
नागरिकबाट

Logo