काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय जनता पार्टी, नेपालको संविधान संशोधन गर्नुपर्नेलगायतका माग तत्काल सम्बोधन गर्न तयार भएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी आन्तरिक छलफलमा जुटिरहेका राष्ट्रिय जनता पार्टीका नेतृत्वसँग मंगलबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्नेलगायतका माग छिटोभन्दा छिटो गर्न समाधान गरेर अघि बढ्न सरकार तयार रहेको बताएका हुन् ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेतृत्वसँगको भेटमा प्रधानमन्त्री ओलीले उनीहरुको माग छिटोभन्दा छिटो समाधान गरेर अघि बढ्न तयार रहेको बताएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।































प्रतिक्रिया