काठमाडौं । आजको प्रतिनिधि सभामा पेश हुने भनिएको भ्रष्टाचार विधेयक कार्यसूचीबाट हटेको छ ।
प्रतिनिधि सभाको यस अघिको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो ।
यो विधेयक ६ माघ २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । त्यसबेला वर्तमान प्रधानमन्त्री ओली नै प्रधानमन्त्री थिए । उनै विधेयक राष्ट्रिय सभामा दर्ता गरेका हुन् ।
यो विधेयक २७ चैत २०७९ मा पास भएर प्रतिनिधि सभामा आएको थियो । प्रतिनिधि सभाले सैद्धान्तिक छलफल गरेर ३१ भदौ २०८० मा विधेयकलाई राज्य व्यवस्था समितिमा पठाएको थियो । राज्य व्यवस्था समितिले संसदीय उपसमिति बनाएर छलफल चलाएको थियो । १८ पुस २०८१ मा राज्य व्यवस्था समितिले भ्रष्टाचारसम्बन्धी विधेयक पारित गर्यो । त्यसपछि प्रतिनिधि ससभामा पुगेर अड्किएको छ ।
प्रतिनिधि सभाले मंगलबार पारित गर्ने सम्भावित कार्यसूची नै तय गरेको थियो ।































प्रतिक्रिया