राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले बार्ताका लागि बालुवाटार बोलाएको छ। वार्ताका लागि प्रधानमन्त्री ओलीले राजपाका नेतालाई विहान १० बजे बालुवाटार बोलाएका हुन् ।
बैठकमा सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्न प्रधानमन्त्री ओलीले राजपाका अध्यक्ष मण्डललाई आग्रह गर्ने बुझिएको छ। राजपा नेताहरुले भने आफुहरुसंग बिगतमा गरिएको सहमति कार्यान्वयन गर्न आग्रह गर्नेछ।
राजपा नेपालले आज दिउसो १ बजे बैठक बसेर समर्थन फिर्ता लगायतको निर्णय गर्ने बताएको थियो। सरकार गठन भएको एक वर्ष हुनै लाग्दा पनि राजपाले अघि सारेका कुनै पनि मागप्रति सरकारले चासो नलिएको भन्दै समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको हो।





























प्रतिक्रिया