विराटनगर
क्यानडा पठाइदिने भन्दै प्रदेश नम्बर १ का ३० जना युवासँग झापाको गौरीगञ्ज–४ भवानीपुरका गणेशप्रसाद गिरी र दीपेन्द्रकुमार झा लगायतका ३ जना एजेन्टले डेढ करोड लिएर फरार भएका छन् ।
पीडित युवाले गौरीगञ्जमा रहेको गिरी र झाको सम्पत्तिबाट आफूहरूलाई उक्त रकम दिलाइदिन माग गरेका छन् । मोरङको सुनबर्सी नगरपालिकाका १४ जना र झापा, सुनसरी लगायतका जिल्लाबाट ३० जना युवालाई विदेश पठाइदिने भन्दै एजेन्टहरूले ठूलो रकम ठगी गरेपछि उनीहरूको विचल्ली भएको छ ।
यसरी ठगिनेमा हंशराज राजवंशी, दयानन्द सहनी, कंशराज राजवंशी, पञ्चन राजवंशी, प्रेमलाल राजवंशी, नगेन्द्रप्रसाद राजवंशी, अजयदेवगण राजवंशी लगायतका युवा छन् । झापा गौरीगञ्जका गणेशप्रसाद गिरी, दीपेन्द्रकुमार झा र बाँकेका निरञ्जन पुरीले ३० जनासँग प्रतिव्यक्ति ५ लाखका दरले रकम ठगेको पीडितहरूले बताएका छन् । उनीहरूले आफूहरू ठगिएको विषयमा श्रम तथा रोजगार कार्यालय विराटनगर लगायत विभिन्न कार्यालयमा उजुरी समेत दिएका छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया