काठमाडौं । अनशनरत छ जना पूर्व लडाकुले अनशन तोडेका छन्। सोमबार सरकारसँग चारबुँदे सहमतीपछि उनीहरूले अनशन तोडेका हुन्।
मंसिर २७ गतेदेखि माइतीघर मण्डलामा जुम्लाका नरवीर दमाई, बर्दिया गुलरियाका संग्रमे सार्की, बर्दिया सानोश्री लिलाचन्द्र कामी, मकवानपुरका मंगलसिंह प्रजा, कालिकोटका मन दर्जी र जुम्ला तातोपानीका वीरबहादुर परियारसहित ६ जना पूर्वलडाकु अमरण अनसनमा बसेका थिए।
सरकारले पूर्वलडाकुसँग प्रहरी हिरासतमा रहेका पूर्व माओवादी लडाकु युवराज विकलाई रिहा गर्ने, अपाङ्ग लडाकुलाई उपचारका लागि पहल गर्ने लगायतका प्रतिवद्धता जनाएपछि उनीहरुले अनसन तोडेका हुन् ।
उनीहरूले जनयुद्ध तथा आन्दोलनका घाइतेलाई समय सन्दर्भिक जीवन निर्वाह भत्ता ग्यारेन्टी गर्नुपर्ने, त्यस्ता व्यक्तिहरूलाई निःशुल्क शिक्षा तथा रोजगारीको व्यवस्था गर्नुपर्ने, औषधी तथा उपचारका आर्थिक सहायता गर्नुपर्ने, जनयुद्धका क्रममा घाइते भएका व्यक्तिको पुनः अवलोकन प्रतिशत निर्धारण खारेज गर्नुपर्ने जस्ता माग राखेर अनसनमा बसेका थिए ।
































प्रतिक्रिया